ट्राफिकको कारवाहीमा आज १८ जना विद्यार्थी

स्कुल, कलेजका विद्यार्थी लक्षित सुरक्षा जाँचअन्तर्गत आज १८ जना विद्यार्थीलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा ब्लुबुक र लाइसेन्सलगायत कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी कारवाहीमा परेका हुन्।

चेकिङका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १ सय ८२ ओटा सवारीसाधनका चालक पनि कारवाहीमा परेका छन्।

जसअन्तर्गत बिहानै मापसे गरी मोटरसाइकल चलाउने ३ जना पनि कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.