ट्वीटरले गर्यो डोनाल्ड ट्रम्पको एकाउन्ट लक

सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट लक गरिदिएको छ । 

अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने आशयको ट्वीट गर्न थालेपछि ट्वीटरले ट्रम्पको एकाउन्ट केही घण्टाका लागि लक गरिदिएको जनाएको छ ।

स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजे आसपास ट्रम्पले एउटा ट्वीट गरे जहाँ उनले चुनावमा धोका भएको झूटो दावीका अलावा आफ्ना समर्थकलाई ‘यस दिन याद राख्नु’ भन्दै अझै उत्तेजित हुन प्रोत्साहित गरे ।

उनले लेखेका थिए, ‘यस्ता घटनाहरु भइरहन्छन् जब एउटा पवित्र निर्वाचनमा बिभिन्न धोखाधडीबाट एकजना सच्चा देशभक्तलाई हराइन्छ । लामो समयदेखि उसलाई खराव र एकपक्षीय व्यवहार गरिन्छ । शान्तसँग घर जानुहोस तर यो दिनको हमेशा याद राख्नुहोस ।’

ट्वीटरले लगत्तै यो ट्वीटलाई हटाएको छ र ट्रम्पको एकाउन्ट नै निलम्बनमा राखेको छ । उनको यो ट्वीटले आफ्नो कम्पनीको नियमको उल्लंघन भएको ट्वीटरको प्रष्टोक्ति छ । ट्वीटर सेफ्टीले आवश्यकताअनुसार ट्रम्पको ट्वीट अझै बढी समय लक हुने उल्लेख गरेको छ । ट्वीटरले बहालवाला अमेरिकी राष्ट्रपतिको ह्यान्डल यसरी लक गरेको पहिलो पटक हो ।  

राष्ट्रपति ट्रम्पले धोखाधडीका कारण चुनाव हारेको आधारहीन टिप्पणीसहितको भिडियो ट्वीटर, फेसबुक र युट्युबमा लगातार पोष्ट गरिरहेका थिए । तीनै सामाजिक सन्जालबाट ट्रम्पका त्यस्ता सबै भिडियो हटाइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.