तिजको अवसरमा सुरक्षाका लागि काठमाडौंमा खटिए दुई हजार बढी प्रहरी

तिजको दिन आज काठमाडौं सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी खटिएका छन्।

पशुपतिलगायत विभिन्न मन्दिर परिसरमा भिड हुने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंमा मंगलबार कूल दुई हजार चार सय प्रहरी खटिएका छन्।
एक हजार महिला प्रहरी र एक हजार चार सय पुरूष प्रहरी खटिएका छन्।
परिसरले सिफ्टअनुसार प्रहरी परिचालन गरेको हो। पशुपति क्षेत्रमा मात्रै एक हजार दुई सय प्रहरी परिचालन गरेको एसपी मैनालीले बताए।
यस्तै प्रहरीले सादा पोशाकमा पनि प्रहरी परिचालन गरेको छ।एम्बुलेन्स तथा चिकित्सकीय टोली पनि तैनाथ राखिएको एसपी मैनालीले जानकारी दिए

सम्बन्धित
Leave A Reply

Your email address will not be published.