तोलाको सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ शुक्रबार पनि घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला सय रुपैयाँले घटेर शुक्रबार ९५ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

लगातार बढिरहेको सुनको भाउ बढ्ने क्रमले हिजोदेखि रोकिएको हो । छापावाल सुन अघिल्लो दिन १३ सय रुपैयाँले पनि सस्तिएको थियो ।

आज तेजाबी सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ कायम छ । सुनको मूल्य बढेको दिन चाँदी भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.