तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजार साताको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै, आजका लागि तेजावी सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको प्रतितोला मूल्य १ हजार २ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ तोकिएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.