दशैं, तिहार र छठ पर्वका लागि राष्ट्र बैंकले आज देखि) नयाँ नोट साट्न थाल्यो

दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले आज (मंगलबारदेखि) नयाँ नोट साट्न थालेको छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिएका छन् ।

गतवर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाएका छन् । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एकरएक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको हो ।

नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यालयमा नयाँ नोट साट्न सकिने उनले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.