दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेका युवकको मृत्यु

दाङमा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । तुलसीपुरको साततलेमा टिकटक बनाउने क्रममा तुलसीपुर– ७ का ३४ वर्षीय नविन केसीको मृत्यु भएको हो ।

शनिबार बिदाको दिन साथीहरूसँग घुमघामका लागि दाङ– सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा ३४ वर्षीय नविन केसी तुलसीपुर – ३ साततलेमा टिकटक बनाउने क्रममा राति ९ बजे भीरबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरी निरीक्षक बखत शाहीका अनुसार मृतक केसी बासिन्दा हुन् । घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएका उनलाई केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.