दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न आयोगमा माग

दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ । तर पछिल्लो समय स्वतन्त्र उम्मेदवाहरुको साझा चुनाव चिह्न भनेर प्रचार गरिएको भन्दै आयोगमा उजुरी परेको हो ।

हाम्रो नेपाल पार्टीका नेताहरुले आफूहरु स्वतन्त्र भएको दावी गरिरहँदा काठमाडौंका स्वतन्त्र उमेदवारहरु सुनिल रिजाल र विजय कँडेलले हाम्रो नेपाल पार्टीको लौरो चुनाव चिन्ह सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् ।

स्थानीय चुनावमा निर्वाचन आयोगले लौरो चुनाव चिन्ह केही उम्मेदवारहरुलाई प्रदान गरेकोमा हाल सोहि चुनाव चिन्हलाई हाम्रो नेपाल पार्टीले स्वतन्त्रहरुको साझा चुनाव चिन्ह लौरो भनेर विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजालहरुमा प्रचार प्रसार गरिरहेका छन्।

लौरो चुनाव चिन्ह निर्वाचन आयोगले ‘हाम्रो नेपाली पार्टी’ लाई असार २९ मा सि।नं। ११४, दर्ता नं। १८८० अनन्तराज घिमिरेको अध्यक्षतामा दल दर्ता गर्दा प्रदान गरेको थियो।

दलको रुपमा दर्ता भइ सके पछि स्वतन्त्र नरहने भएकाले हाम्रो नेपाल पार्टीले आफूलाई स्वतन्त्र भनेर दावी गर्नु कानुन विपरीत क्रियाकलाप भएको काठमाडौं क्षेत्र नम्बर(५ का स्वतन्त्र उमेदवार विजय कँडेल बताउँछन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.