दूध भयो महंगो, लिटरमा बढ्यो ६.८८ रुपैयाँ

काठमाडौं । सरकारले दुधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ तोकेको छ । दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । नयाँ निर्णयअनुसार लिटरमा ६.५२ रुपैयाँले वृद्धि भएको छ।

दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको हो। कृषि मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ ९धृतांश बाहेकको ठोस पदार्थ० ८ प्रतिशत कायम गरेको छ ।

गाई भैँसी खरिद मूल्यमा ४० , पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९, विदेशी विनिमय दर (डलर) ७, श्रमिकको पारिश्रमिक १०.३३, बैंकको ब्याजदर  ३.३ र उत्पादित वस्तुको मुद्रास्फीति करिब १० प्रतिशतले बढेका कारण दूधको मूल्यमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

दूधको मूल्य वृद्धिका लागि राष्ट्रिय दूध विकास बोर्डले एक महिना लगाएर सातवटै प्रदेशमा गएर अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदनअनुसार प्रशोधित दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कायम गर्न कृषि मन्त्रालयलाई सिफारिस गरेको थियो ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.