धनगढी विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि जहाज अवतरणमा ढिलाइ

धनगढी विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ ।

काठमाडौँबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो । जहाजले धनगढीको आकाशमा फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको जानकारी दिए । अन्य प्राविधिक समस्या नभएर रनवेमा स्याल प्रवेश गरेका कारण जहाजले आकाशमा फन्को मार्नुपरेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.