धनुषामा नेपाली काँग्रेसका कार्यकर्ताहरुबीच कुटाकुट

धनुषामा नेपाली काँग्रेसका कार्यकर्ताहरुबीच कुटाकुट भएको छ । कांग्रेसको धनुषा क्षेत्र नम्बर २ मा उम्मेदवार सिफारिसका क्रममा कुटाकुट भएको हो ।

शनिबार धनुषाको औरही गाउँपालिकामा बसेको क्षेत्रीय कमिटी बैठकमा पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ताकुमारी यादवका समूहबीच उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा कुटाकुट भएको हो। यी दुई समूहबीच कुर्सी र चप्पल हानाहान समेत भएको छ।

पूर्व कृषि मन्त्री समेत रहेका नेता रामकृष्ण कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन्। संविधान सभा सदस्य मुक्ताकुमारी सभापति शेरबहादुर देउवा गुटमा छिन्।

रामकृष्ण पक्षले मुक्ताको नाम प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न नचाहेले बैठकमा चर्काचर्की भएपछि विवाद सुरु भएको थियो ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.