नक्कली मदिरा उत्पादन गरि बिक्री वितरण गर्ने गिरोहका ५ जना पक्राउ

प्रहरीले नक्कली मदिरा उत्पादन गरि बिक्री वितरण गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रवार पत्रकार सम्मेलन गर्दै बरामद भएका विभिन्न ब्रान्डका नक्कली मदिरा सहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।

कोटेश्वरमा विभिन्न ब्रान्डका नक्कली मदिराको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हरि वली भन्ने व्यक्तिको संलग्नता पाइएको र निजको डेराबाट डबल ब्ल्याक, ब्ल्याक लेबल लगायतका मदिराहरू चार कार्टुन सिल प्याक गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सो व्यक्तिसङको सोधपुछ गर्दा नक्कली मदिरा उत्पादन गर्ने मुख्य व्यक्ति र अन्य तीन जनाको पहिचान तथा फ्याक्ट्री भक्तपुरको दुवाकोटमा रहेको खुल्ला आएको र उत्पादनकर्ता भगवान् बस्नेत समेतलाई नियन्त्रणमा लिएर फ्याक्ट्रीमा छापा मार्दा ठूलो परिमाणको नक्कली मदिरा बरामद भएको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बहादुर बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा हरि वली, भगवान् बस्नेत, विशाल वली , मनोज खत्री र गोपी श्रेष्ठ रहेको उनले बताएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त मदिराहरू रात्रि क्लब, विभिन्न मदिराका डिलरहरू, दोहरी डान्सवार लगायतबाट माग भई उत्पादन गरि बिक्रीका लागि पठाइने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू उपर कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.