नबिल बैंकको “हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित

काठमाण्डौ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले हिरोज् अफ नेपालको आयोजना गर्न थालेको छ। हिरोज् अफ नेपालको दोस्रो संस्करणमा भने नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौँको माया पाउन सफल शेफ सन्तोष शाहलाई सम्मानित गरिएको छ। 

शेफ सन्तोष शाहले यूकेको मास्टर शेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्वसामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएका छन्। शेफ सन्तोष शाह, अनिल केशरी शाह र अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलका क्रममा शेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिहरूका बारेमा बोल्नुका साथै उनको जीवनका यात्राका चुनौतीहरू पनि वर्णन गरे। यो कार्यक्रमबाट बैंक प्रेणादायक क्षेत्रको भित्री तहसम्म पुग्न सफल भएको छ। 

उक्त कार्यक्रममा बैंकको उच्च व्यवस्थापन तहका अधिकाधीहरूको समेत उपस्थिति थियो।

नबिल बैंकले शेफ सन्तोष शाहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनका रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित ग््यो। जसको अनुशरण गर्दै नबिल बैंकले शेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता जनाएको छ। 

नबिल बैंकले आगामी दिनहरूमा यस शृंखलालाई निरन्तरता दिने योजना बनाएको छ। जसले युवाहरूलाई आफ्नो जीवनमा केही ठूलो काम गरिरहन उत्प्रेरित गरोस ता कि उनीहरूको जीवन यात्राबाट प्रेरणा पाउन सकौँ भन्ने सोच बैंकले राखेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.