नागरिकता विधेयक र राष्ट्रपतिको विषयमा गठबन्धनको बैठक बालुवाटारमा

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ८ः ३० बजेपछि बैठक सुरु भएको थियो ।

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा मुख्य छलफल भइरहेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए ।

संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक पनि प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रणनीतिक छलफलमा जुटेको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.