नागरिक उड्ययान प्राधिकरणको महानिर्देशक बनाउन नयाँ व्यक्तिको खोजी

नेपाल नागरिक उड्ययान प्राधिकरणको महानिर्देशकका रुपमा राजकुमार क्षेत्रीलाई नियुक्त गरेको ३ महिना नपुग्दै सरकारले महानिर्देशक बनाउन नयाँ व्यक्तिको खोजी थालेको छ । नागरिक उडडयान प्राधिकरणको विनियमावली विपरित सरकारले महानिर्देशक क्षेत्रीको उमेरहदको कारण देखाउदैं सोही पदका लागि नयाँ व्यक्तिको खोजी गरेको हो । विनियमावलीमा प्राधिकरणको महानिर्देशकको पदावधि ४ वर्षको हुने उल्लेख छ । तर, यसलाई लत्याउँदै सरकारले क्षेत्रीलाई अवकाश दिने र नयाँ व्यक्तिलाई महानिर्देशक बनाउने चलखेल शुरु गरेको हो । पर्यटन तथा नागरिक उडड्यान मन्त्रालय स्रोतका अनुसार ५८ वर्षे उमेर हद लगाएर आउँदो पुषभित्र महानिर्देशक क्षेत्रीलाई विदा गर्ने तयारी छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.