निजी क्लिनिकमा ७० हजार मानिसलाई कोरोनाको नक्कली खोप दिइयो

दक्षिण अमेरिकाको इक्वाडोरमा कम्तिमा ७० हजार व्यक्तिलाई नक्कली कोरोना खोप लगाएको पाइएको छ। त्यहाँको एक निजी क्लिनिकले कोरोना खोप लगाउने नाममा बिरामीहरूबाट प्रति डोज १ हजार १ सय रुपैयाँ लिँदै काेराेना खोप लगाएको थियो। काेरोना खोप दिइएका व्यक्तिलाई कोरोना भाइरसबाट पूर्ण रूपमा सुरक्षित हुनेछौ भन्ने आश्वासन समेत दिएको थियो। उसको यो अवैधानिक कार्य पत्ता लागेपछि स्थानीय अधिकारीहरूले क्लिनिक सील गरेका छन्।

स्थानीय मिडियाका अनुसार क्लिनिक चलाउने चिकित्सक लुसियाले मानिसहरूलाई भिटामिन र सीरम दिएको र यो खोप नभई बिरामीको प्रतिरोधात्मक क्षमता बढाउने औषधि भएको बताएकी छन्। न्यूजपेपर एल कोमेरसियोसँग कुराकानी गर्दै उनले हालसम्म २० हजार कोरोना बिरामीहरूकाे उपचार गिरसकेकाे बताएकी छिन्।  

शहरका प्रमुख सुरक्षा अधिकारी सीसर डियाजका अनुसार खोपको नाममा दिइएका इन्जेक्सनमा कुन पदार्थको प्रयोग भइरहेको थियो भनेर स्वास्थ्य अधिकारीहरूले अझै सूचना प्राप्त गरेका छैनन्। इक्वाडोरमा संक्रमणको कारण १४ हजार ६ सय ६८ जानाको मृत्यु भएको छ भने २ लाख ४२ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पत्ता लागेको छ।  

फाइजर बायोनटेक र अक्सफोर्ड एस्ट्राजेनेका दुई भ्याक्सिनहरूले यहाँ अनुमति पाएका छन्। स्वास्थ्य मन्त्रालयले युवावर्गलाई वर्षको अन्त्यसम्म निःशुल्क खोप दिने आदेश जारी गरेको छ। तर खोप भने सुरु भएको छैन। कोरोना खोपको नाममा चिकित्सकले ठगेको कुरा एक गोप्य एजेन्टको भिडियोद्वारा खुलासा गरिएको थियो।

भिडियोमा क्लिनिक चलाउँदै गरेकी डाक्टर लुसिया पेनाफिल मास्क बिना देखा पर्छिन् र उनले क्लिनिकका कर्मचारी कोरोनाबाट सुरक्षित रहेको कुरा प्रकट गर्छिन्। उनले यो पनि जानकारी दिएकी छिन्, यहाँ ७० हजार मानिसहरूलाई उपचार दिइसकिएको छ। भिडियो बाहिरिएसंगै क्लिनिकमा पुलिस र स्वास्थ्य अधिकारीहरूले छापा मारेका थिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.