निफ्राको नाफा ६७.२८ प्रतिशतले बढ्यो

नेपाल इन्फ्रास्टक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ ।

चैत मसान्तसम्म बैंकले १ अर्ब १६ करोड १८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६७.२८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा ९१ करोड ६१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा खुद ब्याज आम्दानी र संचालन नाफामा आएको सुधारले नाफा बढाएको छ । चैत मसान्तसम्म २ अर्ब ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आको सोही अवधिको तुलनामा ५५.२१ प्रतिशतले बढी हो । यस्तै संचालन नाफा ६७.३० प्रतिशतले बढेर १ अर्ब ६५ करोड ९७ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

२१ अर्ब ६० करोड चुक्तापुँजी भएको बैंकको जगेडा तथा कोषमा १ अर्ब ९८ करोड ५८ लाख ३० हजार रुपैयाँ रहेको छ । ७९ करोड ६८ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गर्दा २२ अर्ब ८ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १९ पैसा रहेको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.