निर्माण क्षेत्र चलायमान हुन थालेपछि बढ्यो राजस्व

लामो समय समस्यामा रहेको निर्माण क्षेत्र चलायमान देखिन थालेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्माण क्षेत्र १५ प्रतिशतले ऋणात्मक देखिएको थियो। यो वर्ष भने क्रमशः सुधारको क्रममा देखिएको छ। यो वर्षको पहिलो त्रैमासमा निर्माण क्षेत्र १० प्रतिशतले धनात्मक देखिएको छ।

पछिल्ला महिनाहरूमा निर्माण क्षेत्र चलायमान बन्दा त्यसबापत उठ्ने राजस्व समेत बढेको छ। सबै प्रकारका निर्माण कार्यको ठेक्का र परामर्श सेवामा लाग्ने मूल्य अभिवृद्धि करमा सुधार देखिएको आन्तरिक राजस्व विभागको तथ्यांकले देखाएको छ।

गत वर्ष माघ मसान्तसम्म परामर्श तथा ठेक्काको मूल्य अभिवृद्धि कर १३ अर्ब ५० करोड रूपैयाँ उठेको थियो। यो वर्ष सोही अवधिमा १४ अर्ब ५० करोड रूपैयाँ संकलन भएको छ। परामर्श तथा ठेक्का अन्तर्गतको मूल्य अभिवृद्धि करमा सात प्रतिशतको वृद्धिदर कायम भएको छ।

यही कामको कारण उठेको राजस्व अंक कम देखिए पनि यसको असर आयकर तथा अन्य शीर्षकमा उठ्ने राजस्वमा पर्ने आन्तरिक राजस्व विभागका अधिकारीहरूको भनाइ छ।

पछिल्लो महिना सरकारले निर्माण क्षेत्रको विगतको बक्यौता भुक्तानी बढाएको र निर्माणको कामले पनि गति लिएको कारण यस्तो कर बढ्न थालेको व्यवसायीहरूले बताएका छन्।

पछिल्लो दुई महिनामा मात्रै सरकारले ३० अर्ब रूपैयाँ पुँजीगत खर्चको भुक्तानी गरेको छ।

२०८० पुस मसान्तसम्म ४९ अर्ब २३ करोड रूपैयाँ पुँजीगत खर्च भएको थियो। फागुन २८ गतेसम्म आइपुग्दा पुँजीगत खर्च बढेर ७६ अर्ब ३१ करोड रूपैयाँ पुगेको छ। यसमध्ये अधिकांश विगतको कामको भुक्तानी भएको निर्माण व्यवसायीहरूले बताएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको भुक्तानी र निर्माण क्रियाकलाप बढेको बताए।

लामो समयदेखि विभिन्न आयोजनाहरूको म्याद थप प्रक्रिया अन्योलमा परेकोमा अहिले प्रक्रिया अघि बढेको छ, निर्माणको कामको गति बढेको छ र सरकारले भुक्तानी पनि दिन सुरू गरेको छ,ु महासंघ अध्यक्ष सिंहले भने, ुअपेक्षित रूपमा अझै काम नभए पनि अब सुधार आउने संकेत देखेका छौँ।ु

सरकारबाट भुक्तानी भएपछि व्यवसायीहरूले भ्याट बिल काट्ने गर्छन्। जसको प्रभाव राजस्वमा देखिएको हो।

यता घर जग्गाको कारोबार बढेको कारण पनि निर्माण क्रियाकलाप बढ्न थालेको व्यवसायीहरूको भनाइ छ।

अहिले निर्माण सामग्री सिमेन्ट तथा डन्डी स्टिलको माग पनि बढेको व्यवसायीहरूले बताएका छन्। निर्माण सामग्री उत्पादक विष्णु न्यौपाने अहिले निर्माण सामग्रीको बिक्री र उत्पादन क्षमता दुवै बढेको बताए। उनी सर्वोत्तम सिमेन्ट, जगदम्बा सिमेन्ट, सर्वोत्तम स्टिल, लक्ष्मी स्टिल उद्योगका सञ्चालक हुन्।

उनका अनुसार समग्रमा औसत बिक्री २५ प्रतिशत बढेको छ। त्यस्तै उद्योगहरूले क्षमताको ६० प्रतिशतसम्म उत्पादन गर्न थालेका छन्। दुई महिना अघिसम्म सिमेन्ट तथा डन्डी उद्योगहरू कुल क्षमताको ३५ देखि ४० प्रतिशतमा मात्रै सञ्चालन भएका थिए।

ुनिर्माणको सिजन सुरू भएको छ, अहिले बजारको माग पनि बढेको छ,ु न्यौपानेले भने।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले अपेक्षित सुधार नभए पनि सुधारको क्रममा देखिएको बताए।

ुविगत लामो समय निर्माण र निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूले ठूलो समस्या खेपे अहिले क्रमशः माग बढ्न थालेको पाइएको छ, हाम्रो अपेक्षा भने अझै पूरा हुन सकेको छैन,ु थापाले भने।

व्यवसायीहरूले पछिल्लो समय विगतको उधारो पनि उठ्न थालेको बताएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.