नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण

नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार डेंगुको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा १३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.