नेपाल आयल निगम फेरी गयो नाफामा, अप्रिल महिनामा सवा ६ करोड नाफा हुने प्रक्षेपण

आर्थिक समाचार

काठमाडौं, २५ चैत ।

नेपाल आयल निगम फेरी नाफामा गएको छ।   अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि निगमलार्इ अप्रिल महिनामा ६ करोड २५ लाल नाफा हुनेछ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा गत महिना निगमले ७० करोड घाटा ब्योहोरेको थियो।

इन्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार खाना पकाउने ग्यास वाहेक सबै पेट्रोलियम पदार्थमा निगमलार्इ नाफा छ।निगमलार्इ पेट्रोलमा ६ रुपैयाँ ५२ पैसा,डिजलमा १ रुपैयाँ ४७ पैसा र हवार्इइ इन्धनमा ९ रुपैयाँ २५ पैसा नाफा छ।

नयाँ मूल्य अनुसार ग्यासमा भने प्रतिसिलिण्डर २ सय ५३ रुपैयाँ ३१ पैसा घाटा छ।अन्तर्राष्ट्रिय बजारमा जाडो महिनामा उकालो लाग्ने ग्यासको भाउ अहिले भने गर्मीमा बढेको छ।जाडोयाममा ग्यासको माग बढी हुने भएकोले मूल्य बढ्ने गर्थ्यो।तर अहिले गर्मीमा ग्यासको माग बढेर अन्तर्राष्ट्रिय बजारमा बढेकोले नेपालमा समेत प्रभाव परेको हो।

Leave A Reply

Your email address will not be published.