पछिल्लो २४ घण्टामा थप १ सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण

देशभर पछिल्लो २४ घण्टामा थप १ सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ६ सय ७४ जनाको पीसीआर र २ हजार १ सय १६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार १ सय ३७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार १ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.