परराष्ट्रमन्त्री नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुने

परराष्ट्रमन्त्री नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुने भएका छन्। असोज ३ गते हुने अन्त्येष्टि समारोहमा भाग लिनको लागि मन्त्री खड्का लण्डन जाने पक्का भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेलायत नेपालको नजिकको मित्र भएको र महारानीले दुइपटकसम्म भ्रमण गरेकाले उनको निधनलाई सरकारले उच्च महत्व दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको नेपालप्रतिको माया र सद्भाव तथा गोर्खा सैनिककै सुरक्षामा रहेकाले सम्मान दर्शाउन परराष्ट्रमन्त्रीसहित नेपालको उच्चस्तरीय टोली नै अन्त्येष्टि समारोहमा सहभागी हुन जान लागेको मन्त्रालयका एक अधिकारीले जनाएका छन् ।

भदौ २३ गते एलिजबेथको निधन भएकोमा सरकारले २५ देखि २७ सम्म शोक मनाउने निर्णय गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका अन्य उच्चपदस्थ व्यक्तिहरु र शुभेच्छुकहरुले काठमाण्डौमा रहेको बेलायती राजदूतावासमा गएर समवेदनासमेत प्रकट गरेका थिए । बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुन विश्वभरबाट राष्ट्रप्रमुखसहित उच्च पदस्थ अधिकारी लण्डन जाँदैछन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.