पर्यटन मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्ड पक्राउ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् ।

शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस भन्‍ने सुरक्षागार्ड शेरजंग कुँवर पक्राउ परेको हुन् । उनी ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत थिए ।

पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु लाइन बसिरहेका थिए । निजी सुरक्षा अधिकृत सहितका गएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा उनले रोकेका थिए । लगत्तै पीएसओले उनी मन्त्री भएको बताए । तर सुरक्षागार्ड श्रेष्ठले ‘जो भए पनि लाइन’मा आउनुस् भनेका थिए । त्यस लगत्तै कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.