पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्दि भएको छ । मङ्गलबार प्रतितोला ९२ हजारमा कारोवार भएको छापावाला सुनको मूल्य आज ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार मङ्गलबार तोलामा ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन आज ९२ हजार मूल्य निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । मङ्गलबार एक हजार २४५ रुपैयाँमा कारोवार चाँदी आज प्रतितोला एक हजार २६० मूल्य निर्धारण भएको छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.