पूर्वमन्त्री बोहोरा रुपन्देही–१ बाट सर्वसम्मत रुपमा सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

राप्रपा क्षेत्रीय समिति र देवदह नगर समितिको संयुक्त बैठकले बोहराको एकल नाम उम्मेदवारका लागि सिफारिस गरेको हो ।

बोहरालाई रुपन्देही–३ ले पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस गर्ने तयारी गरिरहेको छ ।

रुपन्देहीमा राप्रपा र एमालेबीच तालमेलका लागि छलफल समेत भइरहेको नेताहरुले बताएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.