पूर्वराजा विरेन्द्रको ब्राण्डमा स्वीस कम्पनीले बेच्यो बियर

काठमाडौं । पूर्वराजा विरेन्द्र शाहको ब्राण्डमा स्वीस कम्पनीले बियर बिक्री गरेको छ । २०५८ साल जेठ १९ गते नारायणहिटी दरवारमा भएको घटनामा पूर्वराजा विरेन्द्र सहित उनको बंशको हत्या भएको थियो ।

दरवार हत्याकाण्डमा मारिएका नेपालका पूर्वराजाको नाममा स्वीस कम्पनीले बिरेन्द्र बियर बनाएर बिक्री गरेको हो । बियरको कभरमा पूर्वराजा विरेन्द्रको तस्बिर राखिएको छ ।

यसका तस्बिरहरु विभिन्न वेवसाइटमा देख्न सकिन्छ । यसको मुल्य १.८५ स्वीसफ्यांक पर्छ ।

पूर्वराजा विरेन्द्रको ब्राण्डका वियर बेचेको विषयमा नेपालमा भने विरोध भएको छ । सामाजिक संजालमा यसको विपक्षमा आवाज आइरहेको छ । राप्रपा निकट विद्यार्थी संघले यसको विरोध गर्दै विज्ञप्ती निकालेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.