पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढ्यो

सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । अब पेट्रोलको मूल्य ११२ र डिजेलरमटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्याँसको भाउ एक वर्षपछि बढेको हो ।

हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमका प्रवक्ताले जानकारी दिए ।

निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५।१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३।०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५।८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३।८७ करोड रहने निगमले जनाएको छ ।

स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने प्रवक्ताले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.