प्रचण्डले भने केपी ओली नेपालमा युद्ध चाहन्छन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया नटुंगियोस् भन्ने चाहेको आरोप लगाएका छन् ।
राजधानीमा आयोजित माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समिति बैठकमा उनले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै शान्ति सम्झौता गर्दा त्यसको साक्षी बसेको तर अहिले शान्ति सम्झौतालाई निष्कर्षमा पुग्न नदिने गरी तर्क गरेको समेत आरोप लगाए।

‘आफैंले १२ बुँदेमा हस्ताक्षर गर्ने, आफैं विस्तृत शान्ति सम्झौता गर्दा साक्षी बस्ने, अहिले शान्ति सम्झौतालाई अन्तिम निष्कर्षमा पुग्न नदिने भनेपछि यो प्रतिगामी पनि छ, बेइमानीपूर्ण पनि छ,’ प्रचण्डले प्रतिप्रश्न गरे, ‘षडयन्त्रकारी पनि छ । के फेरि युद्ध होस् भन्न चाहेको हो केपी र केपी गुटले ?’

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.