प्रहरीले व्यवसायीलाई कुटेको विरोधमा मिर्चैया बजार बन्द

मिर्चैयाका व्यवसायीले सोमबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मिर्चैयाका सम्पूर्ण पसल तथा व्यवसाय बन्द गरेका छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरुले विरोधस्वरुप बजार बन्द घोषणा गरेका हुन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया सडक अन्तर्गत मिर्चैया सडक खण्डमा धुवाँ, धुलो र हिलोका कारण आजित स्थानीय व्यवसायीले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठ सहित दर्जनबढी व्यवसायी घाइते भएको बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.