प्रहरीले सन्दीप लामिछाने बसेका होटलबाट सिसिक्यामेरा फुटेज संकलन गर्दै

१७ वर्षीया नाबालिगलाई बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बसेका दुइटा होटलको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरीले सुरू गरेको छ।

गत भदौ ५ गते लामिछानेले सिनामंगलस्थित एक होटलमा लगेर ती किशोरीमाथि पटक(पटक बलात्कार गरेको जाहेरी प्रहरीमा मंगलबार परेको थियो। जाहेरी दर्ता गरी किशोरीको स्वास्थ्य परीक्षण तथा घटनाबारे थप अनुसन्धान गर्ने काम प्रहरीले अघि बढाएको छ।
ती किशोरीसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफूमाथि लामिछानेले बलात्कार गरेको जाहेरीमा किशोरीले उल्लेख गरेकी छन्।

सन्दीप र ती किशोरी गत भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ।‘सिनामंगलस्थित होटलमा सन्दीप र ती किशोरी गएको सिसिक्यामेरा फुटेजमा देखिएको छ,’ एक प्रहरी अधिकृतले भने, ‘नगरकोटमा पनि सन्दीप र ती बालिका गएको होटलको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरी पठाइएको छ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.