प्राधिकरणलाई यूटीएलले झन्डै साढे ७ अर्ब तिर्न बाँकी, १५ दिनभित्र नबुझाए खारेजी

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनी यूटीएललाई विभिन्न दस्तुरबापतको झन्डै साढे ७ अर्ब बक्यौता बुझाउन ताकेता गरेको छ।

२०७३ भदौमा दिएको अनुमतिपत्रअनुसार यूटीएलले दस्तुरको ७ अर्ब ४२ करोड रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार अनुमपितत्रको सर्तबमोजिम नवीकरण दस्तुरको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायत दस्तुर बक्यौता रहेको हो।

उल्लिखित रकम १५ दिनभित्र नबुझाए खारेजीको प्रक्रियामा अगाडि बढ्ने चेतावनी पनि प्राधिकरणले दिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.