दरबारमार्गको प्लाटिनम क्लबमा ग्याङ फाइट हुँदा १० जना प्रहरीको नियन्त्रणमा , एक जना घाइते

काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा ग्याङ फाइट भएको छ।

गएराति क्लबमा दुई पक्षबीच ग्याङ फाइट भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।

ग्याङ फाइट हुँदा एक जना घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा भएको मैनालीले बताए।

अन्य केही व्यक्‍तिहरू पनि सामान्य घाइते भएका छन्। प्रहरी वृत्त दरबारमार्गले घटनाको अनुसन्धान गरिरहेको बताएको छ

सम्बन्धित
Leave A Reply

Your email address will not be published.