फेसबुक ह्याक गरेर ठगेको आरोपमा एक जना पक्राउ

फेसबुक ह्याक गरेर पैसा ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० घर भएका २० वर्षीय किरण पाठक छन् । आरोपीलाई भदौ ७ मा मोरङको मंगलबारेबाट पक्राउ गरिएको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।

पाठकले फेसबुक ह्याक गरेर ह्याक प्रोफाइलमा आबद्ध साथी, आफन्त र सहकर्मीलाई विभिन्न बहाना बनाएर डिजिटल पेमेन्ट गेटवे मार्फत रकम माग्ने गरेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.