फ्रान्समा ४ साता लकडाउनको घोषणा, स्कुल पनि बन्द गरिँदै

काठमाण्डौ । कोरोना संक्रमण तीव्रगतिमा फैलिन थालेपछि फ्रान्समा चार साता लामो लकडाउनको घोषणा गरिएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले शनिबार राष्ट्रका नाममा सन्देश दिँदै चार साता लामो लकडाउनको घोषणा गरेका हुन्। उनले लकडाउनका क्रममा अत्यावश्यक सामानका पसलहरुलाई मात्र खुल्न अनुमति दिइने जानकारी दिए। उनले मानिसहरुलाई कार्यालयबाट नभई घरबाटै काम गराइने पनि बताए। लकडाउनका क्रममा सार्वजनिक सभाहरुमा पूर्ण रुपमा रोक लगाइएको छ। बिना उचित कारण आफ्नो घरबाट १० किलोमिटरभन्दा परको यात्रामा प्रतिबन्ध लगाइएको छ। 

यसैगरी फ्रान्समा आउँदा साताबाट स्कुलहरु पनि कम से कम तीन साताका लागि बन्द हुनेछन्। 

म्याक्रोनले देशमा कोरोना संक्रमणको मामिला बढे पनि योमाथि काबु पाउन मुस्किल नरहेको बताएका छन्। उनले कोरोना पछिल्लो अवस्थाबाट डराइहाल्नुपर्ने अवस्था पनि नरहेको स्पष्ट पारेका छन्। 

फ्रान्समा कुल संक्रमितको संख्या ४६ लाख ४६ हजारभन्दा बढी रहेको थियो। हालसम्म फ्रान्समा ९५ हजार ५०२ जनाको ज्यान गइसकेको छ भने ५ हजारभन्दा बढी मानिस अझै पनि आईसीयूमा छन्। 

फ्रान्समा हिजो (मार्च ३१) मा मात्रै एकैदिन २९ हजार ५७५ नयाँ कोरोना संक्रमित फेला परेका छन्। – एजेन्सी

सम्बन्धित
Leave A Reply

Your email address will not be published.