बढ्यो युरो र पाउण्डको भाउ, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रूपैयाँ ५५ पैसा र बिक्रीदर १७० रूपैयाँ ३२ पैसा कायम गरिएको छ।

शुक्रबार पाउण्ड एकको खरिदद १६८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३९ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९३ पैसा बढेको हो।

युरोपियन युरो एकको खरिददर आज १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १६ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ४८ पैसा बढेको हो।

यस्तै, अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा कायम गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८८ रूपैयाँ २२ पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ २९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रूपैयाँ १६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ २१ पैसा र बिक्रीमा २८ रूपैयाँ ३४ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३५ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १८ पैसा तोकिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.