बलिउडका तीन खान सँगै काम गर्न सक्दैनन् ?

मुम्बई । बलिउडका तीन खान सलमान, शाहरुख र आमिरलाई एउटै पर्दामा हेर्ने बलिउड प्रशंसकहरुका ९० दशकदेखिको इच्छा अझै अधुरो छ । कहिले चलचित्रको कथा, कहिले बजेट त कहिले समय नमिलेको बहाना बनाउँदै उनीहरु आजसम्म पनि एउटै पर्दामा देखिएका छैनन् । दिवंगत अभिनेता ऋषि कपुरले पनि कुनै समय द्वन्द्व हुँदै यी तीन खान चाहेर पनि एउटै चलचित्रमा काम गर्न नसक्ने बताएका थिए । उनले यस भन्नुको पछाडि केही सार्थक तर्कहरु पनि दिएका थिए । उनले बलिउडका बीग बीलाई केन्द्रमा राख्दै अहिलेका तीन सुपरस्टारहरु ९खान० किन एउटै पर्दामा देखिनु सम्भव नभएको उल्लेख गरेका थिए ।

अमिताभबीच पनि तनाव थियो

ऋषिले उनको किताब ‘खुल्लम खुल्ला’ मा पहिलो तर्कबारे उल्लेख गर्दै लेखेका थिए, “एक समय थियो जब म र अमिताभ बच्चनबीच तनाव ९असुमधुर सम्बन्ध० थियो । हामीले यसबारे कहिले कुरा गरेनौं, तर केही त पक्कै थियो । भाग्यवश ‘अमर अकबर एन्थनी’ पछि हामी दुवै राम्रा साथी बन्यौं र त्यो चिसोपन कतै हरायो । त्यो समय उनी पर्दाका ‘एंग्री योंग म्यान’ थिए ।

अमिताभको अर्थ दोस्रो अभिनेताका लागि सेकेन्डरी भूमिका

उनले दोस्रो तर्क दिँदै लेखेका थिए, “अमिताभ त्यस युगका सबैभन्दा ठूला सुपरस्टार थिए । पर्दामा उनी एंग्री योंग म्यान थिए । एक्सन हिरो । बलिउडमा सधैँजसो एक्सन हिरोको मान्यता थियो । यो त्यो समय थियो, जहाँ लेखक(निर्देशकहरु पनि चलचित्रको स्क्रिप्ट अमिताभ र उनको एक्सन अवतारलाई ध्यानमा राखेर लेख्थे । जुन अमिताभले सजिलै पाउने एउटा फाइदा थियो । चलचित्रमा उनीसँग काम गर्नुको मतलब साथी कलाकार ९अन्य अभिनेता० को भूमिका उनको भन्दा कमजोर नै हुन्थे ।”

अमिताभले साथी कलाकारहरुलाई कहिले पनि श्रेय दिएनन्

तीन खान एउटै पर्दामा चाहेर पनि आउन नसक्नुको तेस्रो कारणमा कपुर लेख्छन्, “अमिताभको उपस्थितिले हामीले बाँकी भएको सानो रोल मात्रै पाँउथ्यो भन्ने कुरा हामी बाँकी कलाकारलाई राम्रोसँग थाहा थियो । तर यो कुरा अमिताभले कहिले पनि स्वीकारेनन् । उनले आफ्ना अन्य साथी कलाकारहरुलाई कहिले पनि श्रेय दिएनन् । उनले सधैं लेखक र निर्देशकलाई श्रेय दिए । चाहे त्यो सलिम जावेद होस् या मनमोहन देसाई ।”

सँगै काम गर्न कुनै आनाकानी थिएन

आफ्नो किताबमा ऋषिले लेखेका छन् कि त्यसो हुँदाहुँदै पनि अन्य कलाकारहरु अमिताभसँग काम गर्न कुनै अप्ठ्यारो मान्दैन थिए, चाहे विनोद खन्ना होस, शत्रुघ्‍न सिन्हा, धर्मेन्द्र वा उनी स्वयं होस् । कसैले पनि आफूलाई कमजोर मान्दैन थिए । उनी आजका तीन खानबारे यसो लेख्छन्, “कोही खराब र कोही राम्रो अभिनेता भन्ने थिएन । तर आज यो सम्भव छैन । आज कोही पनि खान एक अर्कासँग काम गर्दैनन् । कुनै दोस्रो सुपरस्टारसँग काम गर्न तयार छैनन् ।”

कोही खान पनि चलचित्रमा आफू सेकेन्डरी हुन चाहन्‍नन्

यदि आज शाहरुख खान इन्डस्ट्रिजमा शासन गरिरहेका छन् भने सलमान र आमिर उनीसँग सेकेन्डरी भूमिका गर्न चाहँदैनन् । विनोद खन्नाले ‘खुन पसिना’ मा गज्जबको काम गरेका थिए । शत्रुघ्‍न सिन्हाले ‘काला पत्थर’ मा । शशि अंकलले ‘कभी कभी’ मा त्यस्तै उत्कृष्ट काम गरेका थिए । सबैजना सेकेन्डरी रोलमा थिए, तर सबैले सँगै का गरे ।

(नवभारत टाइम्स

सम्बन्धित
Leave A Reply

Your email address will not be published.