बागलुङमा अरिंगालले टोक्दा एकजनाको मृत्यु

अरिंगालले चिल्दा जैमिनी नगरपालिका–७ जैदिमा एकजनाको मृत्यु भएको छ।अरिंगालको टोकाइबाट मंगलबार बिहान स्थानीय ४३ वर्षीय ज्ञानबहादुर रानाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाका अनुसार उनी राति घर नजिकैको जंगलमा अरिंगाल पोल्न गएका थिए। यस क्रममा अरिंगालले टोकेर उनी घाइते भएका थिए।

स्वास्थ्यचौकीमा सामान्य उपचार पछि घर फर्किएका उनको मंगलबार बिहानै मृत्यु भएको हो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.