बिधुत प्राधिकरणमा शाक्यको ५९ दिन : यी हुन परिणाम देखिने आठ काम

हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेपछि धेरै कामको परिणाम निकालेका छन् । उनले करिब ३ महिना कामु र ५९ दिन अर्थात् करिब २ महिना पूर्ण जिम्मेवारी सम्हालेका छन् । यस अवधिमा शाक्य र उनको समूहले केही उल्लेख गर्न लायक कामको परिणाम देखाएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई गत कात्तिक २७ गते कामु कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको थियो ।

त्यसको करिब ३ महिनापछि माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई ४ वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गरेको थियो । कामु हुँदादेखि प्राविधिक सुधार र गुणस्तरीय विद्युत् आपूर्ति व्यवस्था मिलाउन खरो उत्रिएका शाक्यले पूर्ण कार्यकारीको जिम्मेवारी पाएपछि आफ्नो योजना कार्यान्वयनलाई अझ तीव्रता दिँदै आएका छन् । यस अवधिमा करिब एक दर्जन बढी सकारात्मक परिणाम देखिएका छन् भने संस्था तथा विद्युत् क्षेत्रको गुणस्तरीय विकासको एजेन्डा पनि अगाडि बढेको देखिन्छ ।

१.सिटी रेसियोमा सुधार

खिम्ती सबस्टेसनमा सिटी (करेन्ट ट्रान्सफर्मर) रेसियो कममा राखेर लोड बढाउन नसक्ने गरी राखिएको थियो । यसो हुँदा त्यहाँबाट ८०–९० मेगावाटभन्दा बढी लोड काठमाडौं आउन नसक्ने अवस्था थियो । उक्त समस्या पहिचान गरेर समाधान गरिएको शाक्यले बताए ।

‘त्यहाँको फोटो खिच्न लगाएर त्यो हेरेर सिटी थप्न मिल्ने रहेछ भन्ने थाहा भयो,’ उनले भने, ‘सिटी रेसियो परिवर्तन गर्न लगाएर अहिले ११० मेगावाटसम्म खिम्तीबाट ल्याउन सकिने भएको छ । यसले गर्दा पनि अहिलेको लोड धान्न सकिएको छ । नत्र यस पटक लोड धान्न नसकेर विकराल अवस्था हुने थियो ।’

अहिले देशभित्रको उत्पादन निकै कम छ । आफ्नो उत्पादन छैन । भारतबाट ल्याउन पनि बाटो साँघुरो रहेको हुँदा समस्या विकराल हुन्थ्यो । उक्त सिटी रेसियो सुधार अर्थात् स्तरोन्नती गरेपछि भारतबाटै विद्युत् ल्याएर काठमाडौं लोड व्यवस्थापन गर्न थप सजिलो भएको छ ।

२. फेज सिफ्ट समस्या समाधान

ढल्केबरबाट खिम्ती र हेटौंडा हुँदै आउने सर्किटमा फेज सिफ्टको समस्या थियो । जसका कारण लुप पूरा गर्न मिल्दैनथ्यो । लुपलाई एउटै चक्रमा जोड्न नमिल्ने हुनाले भक्तपुर, बानेश्वर र पाटनको लोड (माग) मिलाउन समस्या भइरहेको थियो । खिम्तीतिर लोड बढी भएर हेटौंडातिर सार्दा पहिला लाइन काट्ने अनि जोडने । त्यसैगरी हेटौंडामा बढी भए खिम्तीमा सार्दा पहिला काट्ने अनि खिम्तीतिर जोड्ने गरिन्थ्यो । काट्ने पहिले र जोड्ने पछि हुन्थ्यो । हरेक पटक लाइन टुट्थ्यो ।

छुटाउने र जोड्ने गर्दा ग्राहकले असुविधा भोग्नु परेको थियो । खिम्तीमा फेज सिफ्ट मिलाइसकेपछि लुप जोडियो । अब पहिला जोडेर लुप पूरा गर्ने अनि काटिने भयो । खिम्तीमा ओभर लोड भएर हेटौंडा सार्दा पहिला जोड्ने अनि काट्ने प्रणाली बन्यो । त्यस्तै, हेटौंडामा लोड बढी भएर खिम्तीतिर सार्दा पनि त्यसै गरियो । यसो हुँदा ग्राहकले थाहा नपाइकन समस्या समाधान भयो ।

उक्त समस्या कुलमान घिसिङले ४ वर्षसम्म कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दा समेत पत्ता लगाउन सकेका थिएनन् । त्यही फेज सिफ्टको समस्या रक्सोलमा पनि थियो । भारतबाट आएको लाइन परवानीपुर र मुजफ्फरपुरबाट आएको लाइन ढल्केबरमा जोड्न । यो पनि समाधान भयो । गत तिहारको लक्ष्मी पूजाको दिन भार प्रेषण केन्द्रमा बसेर समस्याबारे छलफल गरी शाक्यले समाधानको उपाय निकालेका थिए ।

लक्ष्मीपूजाको एक सातापछि इन्जिनियरहरू पठाएर काम गर्न लगाइएको थियो । त्यो सफल भएपछि रक्सोल परवानीपुर र रामनगरमा पनि त्यही व्यवस्था गरियो । ती सबै ठाउँमा अब लुप पहिला जोड्ने अनि पछि काट्ने गर्न मिल्छ । यसअिघ पहिला लाइन काटेर लुप जोडिन्थ्यो । यसरी काट्दा र जोड्दा दुई पटक लाइन ट्रिप हुन्थ्यो । यसबाट उद्योगहरूलाई धेरै नै मर्का परिहेको थियो ।

३. तामाकोसीको एक्सपान्सन जोइन्टको विकल्प

४५६ मेगावाटको माथिल्लो तामाकोसीको पेनस्टक पाइपमा एक्सपान्सन जोइन्ट हटाउने विषयमा अलमल भइरहेको थियो । ‘हटाउनुपर्छ’ भनिरहँदा परामर्शदाताले अनभिज्ञता प्रकट गरेको थियो । उसले ‘सकिँदैन’ भनिरहेको थियो । तर, शाक्यले प्राविधिक रूपमा गर्न मिल्छ भनेपछि सैद्धान्तिकरूपमा परामर्शदाता सकारात्मक भएको थियो । यद्यपि, उसले ‘हटाउन सकिने र नसकिने विषयमा परीक्षण गर्नुपर्छ’ भनेको थियो । अप्पर तामाकोसीका अध्यक्षसमेत रहेका शाक्यले ‘एक्सान्सन जोइन्ट हटाउन सकिन्छ ।

यो हुन्छ । यसको जोखिम म लिन्छु’ भनेपछि काम सुरु भएको थियो । जबकि एक्सपान्सन जोइन्टका लागि तयार गर्ने भनिएका उपकरणको उत्पादन नै भएको थिएन । शाक्यको प्राविधिक अनुभवले विकल्पको बाटो देखाएको थियो । विकल्पबाट काम अगाडि बढेपछि तामाकोसीबाट बैशाखभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसो नगरेको भए पहिलो युनिट सञ्चालन गर्न पनि आगामी भदौ वा असोजसम्म पुग्ने अवस्था रहेको आयोजनाकै इन्जिनियरहरू बताउँछन् ।

४. ४२ मेगावाट थप

प्राधिकरणको नेतृत्वमा शाक्य आएपछि ४२ मेगावाटका ३ जलविद्युत् आयोजना प्रणालीमा जोडिएका छन् । तिनमा निजी क्षेत्रले सिन्धुपाल्चोकमा निर्माण गरेको २२ मेगावाटको चाकु, १० मेगावाटको मिथिला सौर्य विद्युत् र प्राधिकरणले उत्पादन गरेको १० मेगावाटको सौर्य विद्युत् । प्राधिकरणको नुवाकोटको त्रिशूलीमा निर्माण भइरहेको २५ मेगावाटको सोलार प्लान्टको निर्माण करिब ४० प्रतिशत पूरा भई १० मेगावाट प्रणालीमा जोडिएको छ ।

५. पम्प स्टोरेज

शाक्य प्राधिकरणको नेतृत्वमा आएपछि जलाशय आयोजनाको टड्कारो आवश्यकता पूरा गर्न १०० मेगावाटको कुलेखानी–सिस्नेरी पप्प स्टोरेजको अध्ययन सुरु गराएका छन् । यसअघि कुलमान घिसिङको कार्यकालमा रुपा–बेगनास १५० मेगावाटको पप्प स्टोरेजको अध्ययन अगाडि बढाइएको थियो ।

तर, अध्ययनले यसको सम्भाव्यता देखाएन । विद्युत् विकास विभागले गत फागुन २० गते दुई वर्षका लागि अध्ययन अनुमतिपत्र दिएको छ । शाक्यले यस आयोजनाको ९ महिनाभित्र सम्पूर्ण अध्ययन पूरा गरेर निर्माणको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

६. पिपिए

प्राधिकरणको नेतृत्वमा शाक्य आएपछि ३ वटा जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । चिनियाँ कम्पनीको साझेदारीमा बुटवल पावर कम्पनी (बिपिसी) ले निर्माण गर्ने १३५ मेगावाटको मनाङ मस्र्याङ्दीको पिपिए नेपाली रुपैयाँ गरिएको छ । आयोजनामा विदेशी (चिनियाँ) लगानी हुनेछ ।

यसैगरी, सोही अवधिमा ३७।७ मेगावाटको इसुवा खोला क्यासकेड र ११।५४ मेगावाटको माथिल्लो बलेफीको थपिएको क्षमताको पिपिए भएको छ । क्षमता बढाएर २२।१४ पुर्याइएको बलेफीको यसअघि १०।६ मेगावाटको पिपिए भइसकेको थियो ।

७. प्रसारण लाइन तथा सबस्टेसन

प्राधिकरणले प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा पनि उपलब्धि हासिल गर्दै आएको देखिन्छ । कात्तिकसम्म ४००र२२० केभीको सबस्टेसन ९४५ एमभिए, २२०र१३२ केभीको ३२० एमभिए, १३२र६६ केभीको ५२३ एमभिए, १३२र३३ केभीको १९०४ एमभिए, १३२र११ केभीको ४६२।५ एमभिए, ६६र३३ केभीको ४२।५ एमभिए, ६६र११ केभीको ५८४।५ एमभिए र ३३र११ केभीको ४७८ एमभिए जडित थिए । कात्तिकसम्म विभिन्न भोल्टेजका ५२३० एमभिए क्षमताका ट्रान्सफर्मर जडान भएकोमा फागुनसम्म आइपुग्दा ६२६९ एमभिए पुगेको छ ।

कात्तिकदेखि फागुनसम्म मात्र सबस्टेसनको करिब १००९।५ एमभिए क्षमता थपिएको छ । कात्तिकसम्म ६६ केभी, १३२ केभी, २२० केभी र ४०० केभीमा क्रमशः ५१४ किलोमिटर, ३२७४ किलोमिटर, ५६६ किलोमिटर र ७८ किलोमिटर प्रसारण लाइन विस्तार भएको थियो । कात्तिकसम्म ४४३२ किलोमिटर प्रसारण लाइन विस्तार भएकोमा फागुनसम्म आइपुग्दा ४७१९ किलोमिटर पुगेको छ । कात्तिकदेखि फागुनसम्म २८६ किलोमिटर थपिएको छ ।

८. ३३र११ केभी सबस्टेसन तथा वितरण लाइन

गत आवसम्म असारसम्म प्रणालीमा १५१ वटा ३३र११ केभीका सबस्टेसन निर्माण भएका थिए । त्यस यता ११ वटा सबस्टेसन थपिएका छन् । यस्तै, १७०१।५ एमभिएबराबरको सबस्टेसनको क्षमता रहेकोमा असार यता १०० एमभिए थपिएको छ । गत आवसम्म ५ हजार ३ सय १० किलोमिटर वितरण लाइन विस्तार भएकोमा त्यस यता ८०।५ किलोमिटर थपिएको छ । यसैगरी, विद्युत् विस्तारसँगै ग्राहकको संख्यामा पनि बृद्धि भएको छ ।

गत असारसम्म ४२ लाख १७ हजार १ सय १० ग्राहक संख्या रहेकोमा कात्तिकमा ४३ लाख १८ हजार ३ सय ४० पुगेको थियो । त्यो संख्या माघसम्म आइपुग्दा ४३ लाख ९३ हजार ८ सय १३ पुगेको थियो । कात्तिकदेखि माघसम्म मात्र ७५ हजार ४ सय ७३ ग्राहक थपिएका छन् । उता विद्युत्मा पहुँच पुगेको जनसंख्या गत असारसम्म ८६।४४ प्रतिशत थियो ।

यो संख्या कात्तिकसम्म ८९।२५ प्रतिशत रहेकोमा माघमा आइपुग्दा ९१।३६ प्रतिशत पुगेको छ । कात्तिकदेखि माघसम्म मात्र २।११ प्रतिशत ग्राहक बढेका छन् । सामुदायिक संस्थातर्फका करिब ६ लाख ग्राहकसमेत गणना गर्दा विद्युत्को पहुँच पुगेको संख्या ५० लाख हाराहारी पुगेको देखिन्छ । यसबाट करिब ९४ प्रतिशत जनासंख्या विद्युत्को पहुँचभित्र समेटिएको अनुमान गर्न सकिन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.