बीओके र हिमालयन बैंकले चीनमा जिते मुद्दा

बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको पर्फमेन्स ग्यारेन्टीसम्बन्धी मुद्दा जितेका छन् । यससँगै बैंकहरुले पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानीबापतको करिब डेढ अर्ब रुपैयाँ पाउने भएका छन् । ग्यारेन्टीबापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गर्नुपर्ने गरी चीनको हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट अदालतले मुद्दाको फैसला गरेको हो ।
योसँगै चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सीसीबी) ले बीओके र हिमालयन बैंकलाई रकम फिर्ता गर्नुपर्ने भएको छ । रकम फिर्ताका लागि दुवै बैंकले शुक्रबार नै दाबी पठाएका छन् । अदालतको आदेशविरुद्ध हारेको कम्पनी उच्च अदालतमा जान पाउने व्यवस्था छ । यसअघि उच्च अदालतले तल्लो अदालतलाई मुद्दा पुनर्विचार गर्न निर्देशन दिइसकेकाले आफूहरू बलियो रहेको ती बैंकले जनाएका छन् । नेपाली बैंकहरूका तर्फबाट कानुनी परामर्श दिइरहेका वरिष्ठ अधिवक्ता गान्धी पण्डितले पनि पैसा छिट्टै फिर्ता हुने बताए ।
०६५ चैतमा बीओकेले काउन्टर ग्यारेन्टीका रूपमा १४ लाख युरो र ६६ लाख अमेरिकन डलर (कुल ८४ करोड रुपैयाँ) को अग्रिम भुक्तानी दिएको थियो । हिमालयन बैंकले भने ६६ लाख डलर (करिब ६६ करोड रुपैयाँ) पर्फमेन्स ग्यारेन्टी दिएको थियो । चाइना रेलवेले २०६९ भदौमा मेलम्चीसँगको ठेक्का तोडेपछि राष्ट्र बैंकले हिमालयनबाट सो रकम जफत गरी मेलम्चीलाई भुक्तानी दिएको थियो । तर सीसीबीले अनेक बहानामा नेपाली बैंकलाई झुलाउँदै आएको थियो । तत्कालीन समयमा मेलम्ची आयोजनाको निर्माण ठेक्का पाएको ठेकेदार चाइना रेलवे १५ ब्युरो ग्रुपको ग्यारेन्टरका रूपमा सीसीबी थियो । सीसीबीका नाममा यहाँका बैंकले काउन्टर ग्यारेन्टी दिएका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.