बीमाको लोभमा टिपर जलाउने दुईजना पक्राउ

बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएको भन्दै प्रहरीले दाङमा चालक र सहचालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालकलाइ पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार घोराही–लमही सडकखण्डको बबई खोलाको पुलमा म‌ंगलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो । लगत्तै प्रहरी घटना स्थलमा पुगेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.