बुर्कुसी मार्यो बजारले, देखियो शुभै शुभ संकेत

काठमाण्डौ ।

साताको अन्तिम कारोबार दिन बजारमा एकाएक उछाल आएको छ । लामो समयदेखि गिरावट भइरहेको बजारमा बिहीबार एकाएक ३१.०५ अंकको उछाल देखिएको हो । बजारलाई बढी प्रभावित पार्ने बिमा समूहको  परिसूचकमा निकै ठूलो उछाल देखिएको छ । यो समूहको परिसूचक ३.९६ प्रतिशत(३१९.९ अंक)ले वृद्धि भएको छ । परिसूचकसँगै कारोबार रकममा पनि उस्तै उछाल आएको छ । कारोबार रकम र परिसूचक समानान्त र ढंगले यसरी बढ्नुुले बजारका लागि शुुभ संकेत गर्ने विश्लेषकहरु बताउँछन्, तथापि एकैदिनको समानान्तरले उछालले बजार निरन्तर बढ्छ भनिहाल्नुु चाहि फेरि हतारो हुनेछ ।

बुधबार साँझदेखि नै भदौदेखि स्वचालित कारोबार प्रणालीको परीक्षण हुने र कात्तिक तेश्रो सातादेखि कार्यान्वयनमा आउने समाचार भाइरल भएपछि त्यसैको प्रभाव बजारमा परेको हो । स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएपछि बजारका ठालू तथा टाठाबाठाले संचालन गर्ने गरेको इन्साइडर टेडिंगको धन्दा र अन्य कतिपय चलखेल समेत समाप्त हुने आशामा चूप लागेर बसेका लगानीकर्ता समेत बिहीबार जागेका देखिएको छ । यसबाहेक कतिपय राम्रा कम्पनीले आर्थिक वर्ष सकिएपछि धमाधम बोनसको अफर गर्ने भएकोले त्यस्ता कम्पनीको खरिदारी समेत बढेको देखिएको छ ।

बिहीबार वाणिज्य बैंक समूहको सूचक पनि २४.५३ अंकले बढेको छ । यस्तै, विकास बैंक, बित्त, जलविद्युत, होटल समूहको सूचक क्रमशः ३९.४५, ४.९२, २०.७४ र ५८.८७ अंकले बढेको छ । उत्पादनमूलकमा ११.२४ र अन्य समूहमा ४.३४ अंकको वृद्धि देखिएको छ ।

”क” वर्गका कारोबार मापक सेन्सेटिभ इण्डेक्स ६.९ अंकको उछाल देखिएको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.३८ अंकको वृद्धि भएको छ ।

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार बजारमा १ सय ४८ कम्पनीका कुल ३५ लाख ९ हजार ३ सय ९० कित्ता सेयर ७६ करोड ३० लाख ६८ हजार ८ सय ३३ रुपैयाँमा किनबेच भयो । नेरुडे लघुवित्त विकास बैंकले सबैभन्दा बढी ६ करोड २० लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड ४९ लाख, सानिमा बैंकले ४ करोड ४६ लाख, एनसीसी बैंकले ३ करोड ३५ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड ५१ लाख, नेपाल बैंक लिमीटेडले २ करोड २८ लाख, कुमारी बैंकले १ करोड ९९ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी र २ स्थान विकास बैंकले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
उछालको बजारमा अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीले सबैभन्दा धेरै ७.४१ प्रतिशत सम्पत्ति कमायो । निर्धन उत्थान विकास बैंकको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, नेपाल लाइफ, रिलायवल माइक्रो फाइनान्स, सूूर्य लाइफ इन्स्योरेन्सले समेत ६ प्रतिशतको हाराहारीमा कमाए ।

यो दिन प्रोग्रेसिभ फाइनान्स लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ८.२२ प्रतिशतले घट्यो । यस्तै वल्र्ड मर्चेन्ट बैकिङ र एण्ड फाइनान्सले समेत ६ प्रतिशतको हाराहारीमा गुमायो ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.