बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

रुपन्देहीको देवदहमा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । बाबुको हत्या अभियोगमा प्रहरीले देवदह नगरपालिका वडा नं। १० का २७ वर्षीय दीपक पुनलाई पक्राउ गरेको हो ।

सामान्य विवादको क्रममा ५१ वर्षका बुवा प्रेमप्रसाद पुनलाई कुटपिट गर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्याम आर्यालले जानकारी दिए ।

यसैबीच आइतबार बेलुका आफ्नो घर नजिकैको पोखरीमा डुबेर रुपन्देहीको सियारी गाउँपालिका वडा नं। २ का ३९ वर्षीय राजु थारुको मृत्यु भएको अर्यालले जानकारी दिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.