भदौयता बन्द भएका २ वटा चिनियाँ नाका सञ्चालनमा, रसुवागढीबाट आजदेखि आयात सुरू

भदौयता बन्द भएका २ वटा चिनियाँ नाका सञ्चालनमा आएका छन् । चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द गरेको १ महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्ने लागेको हो ।
रसुवागढी भन्सार नाकाका प्रमुख रामप्रसाद मैनालीले चीनले आजदेखि सामान छाड्न लागेको जानकारी दिए । उनले भने, ‘चीनले आजदेखि रसुवागढी नाकाबाट सामानहरू छाड्दैछ । तर, के–के आउँदैछ भनेर हामीलाई जानकारी छैन ।’ आज नाकाबाट १० वटा कन्टेनर नेपाल भित्रिन सक्ने मैनालीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.