भारतमा एक वर्षमै २० प्रतिशतले बढ्यो रोडपतिको संख्या, नेपालमा कहिले बढ्ला ?

काठमाडौं ।

भारतमा करोडपतिको संख्या क्रमशः बढ्दै गएको पाइएको छ ।

करोडपतिको संख्या बढ्ने तर गरिबीको मात्रामा पनि उही रुपमा बढ्दै गएको छ । धनीहरु असाध्यै धनी हुने अनि गरिब भने गरिब नै रहने अवस्था आएको छ ।

पछिल्लो पटक प्रकाशित एक विवरणअनुसार पछिल्लो १ वर्षमा भारतमा करोडपतिको संख्यामा २० प्रतिशतले वृद्धि भएको छ । उनीहरुको सम्पति पनि २२ प्रतिशतले बढेको छ ।

एशिया प्यासिफक वेल्थ रिपोर्टमा प्रकाशित विवरणअनुसार सन् २०१० देखि सन् २०१७ सम्म भारतीय करोडपतिको खुद सम्पत्ति ८३ प्रतिशत बढी रहेको पाइएको छ । ७ वर्षमा नै उनीहरुले उल्लेख्य मात्रामा सम्पत्तिमा वृद्धि गरेका छन् ।

करोडपतिको संख्या र उनीहरुको सम्पत्तिको मात्रा दुवैमा वृद्धि भएको पाइएको छ । एशिया प्रशान्त क्षेत्रका देशहरु मध्ये भारत अग्रस्थानमा रहेको दावी पनि सो प्रतिवेदनमा गरिएको छ । सन् २०१६ देखि सन् २०१७ को दौरानमा भारतमा करोपतिको संख्या २० प्रतिशत र सम्पत्तिको मात्रामा २२ प्रतिशतले वृद्धि भएको हो ।

एक परामर्शदाता कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त जानकारी दिइएको छ । प्रतिवेदन मुताबिक करोडपतिको मतलब उनीहरुसँग १ मिलियन डलर बराबरको सम्पत्ति रहेको छ ।

एशिया प्रशान्त क्षेत्रमा जापनाका धनीको साथ सबैभन्दा बढी ५४१ लाख करोडको सम्पत्ति रहेको छ । दोस्रो नम्बरमा चीन रहेको रहेको छ । चिनियाँ करोडपतिका साथ ४५४ लाख करोड सम्पत्ति रहेको छ ।

एशिायामा सबै धनीको को कूल स्म्पत्ति २०१७ मा १५१० लाख करोड रहेको थियो । यो सन् २०१० को तुलनामा दुई गुणाले बढउको छ । सन् २०२५ मा यो बढेर दोब्बर पुग्नेछ । त्यो भनेको ३००० लाख करोड हुनेछ ।

पछिल्लो साल संसारभर सम्पत्तिको मात्रा बढ्नेमा एशिया प्रशान्त क्षेत्र नै रहेको छ । यो क्षेत्रमा ४१.४ प्रतिशतले सम्पत्ति बढेको छ । सन् २०१० देखि २०१७ सम्म चीनमा करोडपतिको संख्ख्यामा १४४ प्रतिशतले वृद्धि भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.