भारतले कोरोनाविरुद्धको भ्याक्सिन तत्काल अन्य मुलुकमा निर्यात नगर्ने

भारतले कोरोनाविरुद्धको भ्याक्सिन केही महिनासम्म निर्यात नगर्ने भएको छ।

अक्सफोर्ड र अस्ट्राजेन्काले बनाएको भ्याक्सिन उत्पादन गर्ने अनुमति पाएको सेरम इन्स्टिच्युट अफ इन्डियाका सीईओ आदर पुनावालाले अझै केही महिना भ्याक्सिन भारतबाहिर नपठाउने निर्णय भएको बताएका छन्। उनका अनुसार पुनावालाले भारत सरकारले तत्काल भ्याक्सिन बाहिरी मुलुकमा नपठाउने सर्त आइतबार ती दुई भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो।

पुनावालाले सेरमले भ्याक्सिन तत्काल निजी बजारलाई पनि नबेच्ने स्पष्ट पारे। उनका अनुसार अहिले सेरमले भारत सरकारलाई मात्र भ्याक्सिन उत्पादन गरी उपलब्ध गराउनेछ। सेरमले भारत सरकारलाई प्रतिडोज भारु २०० का दरले १० करोड डोज भ्याक्सिन दिन लागेको छ।

सेरम संसारकै ठूलो भ्याक्सिन उत्पादक कम्पनी हो। यसले गरिब मुलुकका लागि १ अर्ब डोज भ्याक्सिन उत्पादन गर्ने सम्झौता गरेको छ।
भारत सरकारको यो निर्णयले गरिब मुलुकहरूलाई भ्याक्सिन उपलब्ध गराउने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कार्यक्रम कोभ्याक्सलाई असर पर्ने भएको छ। नेपालले भ्याक्सिन लगाउन आवश्यक जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी कोभ्याक्सबाट भ्याक्सिन ल्याउने तयारी गरिरहेको छ। तर पुनावालाले कोभ्याक्सबाट भ्याक्सिन दिन मार्च वा अप्रिलमा मात्र सुरु हुनेछ।

सेरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्नेछ। गत सातामात्र बेलायतमा यो भ्याक्सिनलाई आम प्रयोगको अनुमति दिइएको थियो। यो भ्याक्सिनको प्रभावकारिता ७०।४ प्रतिशत रहेको बताइएको छ।

त्यस्तै सेरमले भारत बायोटेकको ‘कोभ्याक्सिन’ भ्याक्सिन उत्पादन गर्नेछ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.