भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता

भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्‍न गरी बिहीबार स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल आएका उनलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेकी थिइन् । यस्तै नेपाल बसाइका क्रममा उनले उच्चस्तरीय भेटघाट र पशुपतिको दर्शन पनि गरेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.