भुवन केसीविरुद्धको रिटमाथिको सुनुवाई १३ गते हुने

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुघ परेको रिटमाथिको अर्को सुनुवाई भदौ १३ गते हुने भएको छ ।

सोमबार पेशी तोकिए पनि सर्वोच्च अदालतले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको थियो । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको थियो ।

नरेशकुमार पौड्यालसहित पाँच जना अध्यक्षका अन्य दाबेदारले गत साउन ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

निवेदकतर्फका कानुन व्यवसायी सूर्यबहादुर पाण्डेले नयाँ पेशीको मिति भदौ १३ गतेलाई तय गरिएको जानकारी दिए । यसअघि दुईपटक सुनुवाई हुन नसके पनि नयाँ तोकिएको मितिमा चाहिं अदालतको आदेश आउन सक्ने पाण्डेले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.