मङ्सिरमा हुने चुनावको लागि १ लाख १५ हजार म्यादी प्रहरीको लागि भर्ना आजदेखि खुलेयो

मङ्सिरमा हुने प्रदेश र केन्द्रीय चुनावको सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।
सूचनामा दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । त्यस्तै नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१(३३ इन्च, तौल ५० के।जी। र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ के।जी। भएको तथा गर्भवती नभएकोरनरहेको हुनुपर्नेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.