मधेस प्रदेश सरकारको लगानीमा निर्माण भएको पुल एक महिना नवित्दै भासियो

निर्माण भएको एक महिना नवित्दै वीरगन्ज महानगरपालिकाको वडा ३० लालपर्साको पक्की पुल भासिएको छ ।

मधेस प्रदेश सरकारको लगानीमा एक महिना अगाडि निर्माण भएको पुल सामान्य वर्षा समेत थेग्न नसकी भासिएको हो । प्रदेश सभा सदस्य भिमा यादवको संसदीय कोषबाट निर्माण भएको २५ मिटर लम्बाइको पक्की पुल सामान्य वर्षासमेत खेप्न नसकी भासिएको हो ।
गत शनिबार आएको सामान्य वर्षाका बेला पुल बीचबाट भासिएको लालपर्सा निवासी राजु पटेलले जानकारी दिनुभयो । उहाँले गुणस्तरहीन वस्तुको प्रयोग गरी निर्माण गरिएको पुल भासिएपछि उक्तबाटो प्रयोग गरी सवारी साधान आवतजावतमा जोखिम बढेको बताउनुभयो ।

प्रदेश सभासद भिमा यादवको संसदीय कोषबाट २५ लाखको लागतमा उपभोक्ता समितिबाट पुल बनाइएको थियो । पूर्वाधार विकास कार्यालय पर्साले १४ लाख १२ हजार रुपैयाँ भुक्तानी दिएको छ ।

कार्यालयका प्रमुख सञ्जयप्रसाद साहको सरुवा भएको र नयाँ प्रमुख हाजिर नभएकाले कर्मचारीले यस विषयमा बोल्न चाहेनन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.