महाराजगञ्ज र बसुन्धरा क्षेत्रमा महानगरको डोजर

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ । महानगरबाट पास भएको नक्साअनुसार निर्माण नभएका संरचनाहरु महानगरले भत्काउँदै आएको छ । यस्तै, सार्वजनिक स्थलमा बनेका संरचना, फुटपाथमा बनेका संरचनाहरु हटाउन पनि महानगर लागिपरेको छ ।

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने क्रममा आज बुधबार महाराजगञ्ज र बसुन्धरा क्षेत्रका अवैध संरचनाहरुमा डोजर चलाएको छ । महानगरको टोलीले बिहान महाराजगन्ज र बसुन्धरा क्षेत्रका अवैध संरचनाहरु डोजर लगाएर भत्काएको हो ।

महानगरपालिकाको टोली डोजरसहित पुगेपछि सर्वसाधारणले धमाधम आफनो सामान सुरक्षित स्थानमा सारेका थिए भने केहीको आँखा रसाएको थियो । यस क्षेत्रमा तीन सय अवैध संरचना भत्काउनु पर्ने सूचिमा परेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.